रुसी तेल ट्याङ्करमाथि युक्रेनको आक्रमण
सारांश
- युक्रेनको नौसेना ड्रोनले कृष्ण सागरमा रुसको तेल ट्याङ्करलाई निशाना बनायो।
- टर्कीको तटमा दुई ट्याङ्करमा आक्रमण भयो, जसमा गाम्बियाको झण्डा प्रयोग गरिएको थियो।
- यी ट्याङ्करहरू रुसको 'श्याडो फ्लीट'को हिस्सा हुन्, जुन पश्चिमी प्रतिबन्धबाट बच्न प्रयोग गरिन्छ।
मस्को । युक्रेनको नौसेना ड्रोनले कृष्ण सागरमा यात्रा गर्ने रुसको ‘श्याडो फ्लिट’सँग सम्बन्धित दुई तेल ट्याङ्करलाई निशाना बनाएको छ ।
बीबीसीले पुष्टि गरेको भिडियोमा पानीका लहरहरूलाई चिर्दै ड्रोनहरू जहाजहरूतिर सर्दै गएको अनि ठोक्किएर आगोमा विस्फोट भएको देखिन्छ । टर्कीका अधिकारीहरूका अनुसार निशाना बनाइएका ट्याङ्करहरूको नाम काइरोस र विराट हो । दुवैमा गाम्बियाको झण्डा फहरिएका थिए ।
टर्कीको तटमा शुक्रबार दुवै ट्याङ्करहरूमा आक्रमण गरिएको थियो । रिपोर्टहरूका अनुसार, शनिवार फेरि पनि विराटलाई निशाना बनाइएको थियो । तर, यो आक्रमणमा कुनै हताहत नभएको बताइएको छ ।
यी दुई जहाजहरू रुसको ‘श्याडो फ्लीट’का हिस्सा हुन् । पश्चिमी प्रतिबन्धहरूबाट बच्न रुसले सयौं ट्याङ्करहरूलाई स्याडो फ्लीटका रुपमा प्रयोग गरिरहेको छ । श्याडो फ्लीटमा प्रायः पुराना ट्याङ्करहरू हुन्छन् । यीमध्ये कयौँ जहाजका मालिक र बिमा स्पष्ट नहुने समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण