गोरखामा रोकिराखेको बस पल्टियो, १८ जना घाइते
आइतबार, १४ मङ्सिर २०८२, १४ : ४७
सारांश
- गोरखामा रोकिराखेको बस पल्टिँदा १८ जना घाइते भएका छन्।
- दुर्घटनामा परेका दुई जनालाई उपचारका लागि चितवन पठाइएको छ भने अन्यको गोरखा अस्पतालमा उपचार भइरहेको छ।
- आँबुखैरेनी–गोरखा सडक खण्डको १२ किलोमा बस दुर्घटना भएको हो।
काठमाडौँ । गोरखामा रोकिराखेको बस पल्टिएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ना.४ ख १४१९ नम्बरको बस सडकबाट करिब ५ मिटर तल खसेको गोरखाका एसपी भरत विकले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइते भएका दुई जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको एसपी विकले जानकारी दिए । अन्य घाइतेहरूको गोरखा अस्पतालमा उपचार हुँदैछ ।
घाइतेहरूको अवस्था मध्यम र सामान्य छ । आँबुखैरेनी–गोरखा सडक खण्डको १२ किलोमा बस दुर्घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण