त्रैमासिक समीक्षा
मौद्रिक नीति: लघुवित्तको धितो कर्जा सीमा १५ लाख
सोमबार, १५ मङ्सिर २०८२, १० : ५६
सारांश
- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्यो।
- लघुवित्त वित्तीय संस्थाहरूले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा ७ लाखबाट १५ लाख रुपैयाँ पुर्याइयो ।
- राष्ट्र बैंकले ऋणीहरूको कर्जा भुक्तानी समस्यालाई ध्यानमा राख्दै भुक्तानी तालिका परिमार्जन गर्ने व्यवस्था गरेको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकलेे लघु वित्तले धितो दिने कर्जाको सीमा बढाएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको समीक्षामा लघु वित्तको धितो कर्जा सीमामा नीतिगत परिर्वतन गरेको हो ।
‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिनेछ,’ राष्ट्र बैंकका नीतिगत व्यवस्थामा भनिएको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखेको भन्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने समेत आफ्नो नीतिमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण