‘घुस नखानेहरूको पार्टी’ मा आबद्ध हुन नेकपा (संयुक्त) को आह्वान (पूर्णपाठ)
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले भ्रष्टाचार मुक्त नेपाल बनाउन सबैलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ।
- पार्टीले सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको छ।
- तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न पार्टीले जोडदार माग गरेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले सुशासनको स्थापना गर्दै भ्रष्टाचार मुक्त नेपाल, ‘घुस नखानेहरूको पार्टी’ बनाउन चाहने सबै जेनजी र आम नागरिकलाई नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)मा आबद्ध हुन आव्हान गरेको छ । विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको आइतबार बसेको पहिलो बैठकका निर्णय सार्वजनिक गर्दै नेकपा संयुक्तले यस्तो आह्नवान गरेको हो ।
नेकपा संयुक्तले भदौ २४ गते सरकारी र निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न माग समेत गरेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बैठकका निर्णय सार्वजनिक गर्दै जेनजीको शान्तिपूर्ण आन्दोलनमा बर्बरतापूर्ण दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न जोडदार माग गरेको बताए ।
‘अहिलेसम्म राज्यका उच्च तहमा जिम्मेवारीमा रहेका नेता, न्यायाधीश, सुरक्षा निकाय र निजामती कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दछ’, पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमार्फत नेकपा संयुक्तले भनेको छ ।
त्यस्तै फागुन २१ गतेको निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित हुने कुराको प्रत्याभूत गर्न सरकार र सम्बन्धित सबै पक्षसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण