घनश्याम भन्छन् : कमरेड ओली चुनाव बिथोल्नेतिर नलाग्नुस् !
सारांश
- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ को चुनावमा बाधा अवरोध नगर्न आग्रह गरे।
- उनले चुनावबाटै राजनीतिक निकास सम्भव रहेको र सरकारले चुनावमा ध्यान दिनुपर्ने बताए।
- भुसालले एमाले र कांग्रेसलाई चुनावबारे दुविधा नराख्न तथा प्रचण्डको कुरामा विश्वास नगर्न आग्रह गरे।
काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ को चुनावमा कसैले पनि बाधा अवरोध गर्न नहुने बताएका छन् । सोमबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भुसालले मुलुकको राजनीतिक निकास चुनावबाट मात्र सम्भव भएको भन्दै यस्तो बताएका हुन् । उनले तोकिएको मितिमा चुनाव गर्न सबैभन्दा बढी सरकारले ध्यान दिनुपर्ने समेत बताए ।
‘चुनावबारे कसैले यताउता र बाधा अवरोध नगरुन्, एमालेले पनि नगरोस्’, भुसालले भने– ‘कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ । अब कमरेड ओली तपाईंले पनि चुनाव बिथोल्नेतिर नलाग्नुस् ।’
उनले कांग्रेसले पनि चुनावबारे दुबिधा राख्न नहुने भन्दै तत्कालीन माओवादी र हालको नेपाली कम्युनिस्ट पार्टीले पूर्व हेरेर पश्चिमको योजना नबनाउन आग्रह गरेका छन् । उनले माओवादी अर्थात प्रचण्डले बोलेका कुराहरूमा विश्वास गर्न छाडेको भन्दै नागरिकले निर्भयपूर्वक भोट हाल्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण