गृहमन्त्री अर्यालद्वारा गौरिफन्टा नाका निरीक्षण
सोमबार, १५ मङ्सिर २०८२, १७ : १६
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको गौरीफन्टा नाकाको निरीक्षण गरे।
- उनले सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भई भन्सार र बोर्डर आउट पोस्टको पनि निरीक्षण गरे।
- मन्त्री अर्यालले राजस्व चुहावट नियन्त्रण र चेलीबेटी बेचबिखन रोक्न निर्देशन दिए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको सिमानामा पर्ने गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । सोमबार उनले नाका निरीक्षण गरेका हुन् ।
मंगलबारबाट सुरु हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मन्त्री अर्याल सुदूरपश्चिम गएका छन् । उनले त्रिनगर भन्सार र सशस्त्र प्रहरीको कञ्चनपुर स्थित डोके बोर्डर आउट पोस्टको पनि स्थलगत निरीक्षण गरे ।
मन्त्री अर्यालले नाकाबाट हुने राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्न भन्सार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
सिमानाबाट हुने चेलीबेटी बेचबिखन नियन्त्रणमा पनि प्रभावकारी कदम चाल्न मन्त्री अर्यालले सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण