बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुई निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

मङ्गलबार, १६ मङ्सिर २०८२, ११ : २४
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राख्यो।
  • जनता तटबन्ध कार्यक्रम र हेलम्बु गाउँपालिकाको सिफारिसमा कारबाही गरिएको हो।
  • कालोसूचीमा परेका निर्माण व्यवसायीले खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । 

जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि तीन वर्षका लागि कालोसूचीमा परेको छ । यस्तै  हेलम्बु गाउँपालिकाको कार्यालय सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखिएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । 

 पुष्प हेम कन्स्ट्रक्सन प्रालिका मुख्य व्यवक्तिी धनुषाका मुरारी घिमिरे हुन् भने कौशिल बस्नेत निर्माण सेवा प्रालिका मुख्य व्यक्ति भक्तबहादुर बस्नेत हुन् । 

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १  बमोजिम उक्त निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । कालोसूचीमा परेका निर्माण व्यवसायी/आपूर्तिकताले कालोसूचीको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप