नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई झन् ठुलो विग्रहतिर लैजान्छ: डा. भट्टराई
सारांश
- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले युवा आक्रोशलाई भजाउने प्रयासले देशमा विस्फोट निम्त्याउन सक्ने बताए।
- उनले पुरानो राजनीतिलाई डेन्टिङ-पेन्टिङ गरेर प्रस्तुत गर्ने प्रयासको विरोध गरे।
- भट्टराईले जेनजी समूहसँगको सहमति कार्यान्वयन, छानबिन छिटो गर्न र निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिए।
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई आगामी दिनमा झन् ठुलो विस्फोट र विग्रहतिर लैजान सक्ने बताएका छन् ।
उनले भनेका छन्–'पछिल्लो जेनजी विद्रोहले नेपाली अर्थ(राजनीतिको समग्र अग्रगामी पुनर्संरचनाको माग गरेको कुरा प्रत्येक चेतनशील र इमानदार नागरिकको अगाडि दिनको घाम झैँ छर्लङ्ग छ। त्यसको सिधा अर्थ हो अब कुनै पनि बहानामा पुरानो राजनीति, दल,नेतृत्व, संगठन, कार्यशैली,संस्कारलाई सामान्य डेन्टिंग-पेन्टिंग गरेर प्रस्तुत गर्ने वा नयाँको नाउँमा खोक्रा पपुलिष्ट एजेण्डा र पुरानै राजा(रजौटा शैलीमा चमत्कारिक 'देवदूत'हरूलाई अघि सारेर नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई आगामी दिनमा झन् ठुलो विस्फोट र विग्रहतिर लैजान सक्छ।'
संकटग्रस्त राज्य र समाजको सतहभित्र पुत्पुताइरहेको बहुआयामिक अन्तर्विरोधको ज्वालामुखीलाई वेलैमा उचित निकास नदिई स्याउलाले छोपेर सामसुम पार्ने प्रयत्न इतिहासमा कहिल्यै पनि सफल नभएको उनको भनाइ छ ।
डा. भट्टराईले निम्न कार्यहरू तदारुकताका साथ सम्पन्न गर्न ध्यानाकर्षण गराएका छन् :
१, जेनजी समूहहरूको तर्फबाट संयुक्त रूपमा सरकार समक्ष प्रस्तुत सहमतिपत्र (म्यानडेट) मा तुरून्त दुबैपक्षबाट हस्ताक्षर होस् र कार्यान्वयनमा अघि बढोस्।
२, कार्की आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन अहिले जस्तो कछुवा गतिमा हैन रकेटको गतिमा छिटो सम्पन्न गरोस् र त्यसका सिफारिसहरू तदारुकताका साथ कार्यान्वयन होस्।
३, तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन निर्बाध रूपमा सम्पन्न होस्।
४, निर्वाचन पश्चात् पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक ढङ्गले ससम्मान बिदाइ गरेर देशलाई अग्रगामी नयाँ लोकतान्त्रिक नेतृत्व प्रदान गर्न नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू बिचमा वृहत् ध्रुवीकरण, मोर्चा वन्दी, सहकार्य होस्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण