जनकपुरविरुद्ध डेभिड मलानको अर्धशतक
मङ्गलबार, १६ मङ्सिर २०८२, १२ : ३४
सारांश
- चितवन राइनोजका डेभिड मलानले एनपीएल टी-ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाए ।
- त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनका डेभिडले ३८ बलमा ५१ रन बनाए ।
- डेभिडले २ चौका र ४ छक्का प्रहार गरे, जसले गर्दा चितवनले १२ ओभरमा ९८ रन बनायो ।
काठमाडौँ । चितवन राइनोजका डेभिड मलानले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनका लागि डेभिडले ३८ बलमा अर्धशतक पूरा गरेका हुन् ।
उनले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए । यो अर्धशतकसँगै चितवनले १२ ओभरको समाप्तिमा ९८ रन बनाएको छ । चितवनको अहिलसम्म विकेट झरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण