एमालेको ११ औँ महाधिवेशन : लामो रस्साकस्सीपछि मुगुबाट प्रतिनिधि चयन
मङ्गलबार, १६ मङ्सिर २०८२, १५ : २३
मुगु । नेकपा एमालेको आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मुगुबाट लामो रस्साकस्सीपछि महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीहरूको लर्को लागेपछि शनिबार नै प्रतिनिधि छनोट गर्ने कार्यतालिका भएपनि सहमति जुटाउन समय लागेको थियो ।
आन्तरिक छलफल र सहमतिको प्रयासपछि मंगलबार मात्रै सबै प्रतिनिधिहरूको नाम सर्वसम्मत टुङ्गो लगाइएको हो ।
जिल्लाबाट विभिन्न क्लस्टर अनुसार ६ जना प्रतिनिधि चयन भएका छन् । जसअनुसार खुला तर्फ प्रदेश सांसद तथा पूर्वमन्त्री जित बहादुर मल्ल र डिल्ली भट्ट चयन भएका छन् ।
यसैगरी, महिला तर्फ कविता गिरी र छिरिङ पुटिक लामा सर्वसम्मत भएका छन् भने युवाबाट जय बहादुर नेपाली र दलितबाट दानसिंह परियार महाधिवेशन प्रतिनिधिका रूपमा छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण