एक दिन बसेर लुम्बिनी प्रदेश सभा बैठक किन धकेलियो ?
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन मंसिर ८ गते एक दिन बसेर धकेलिएको छ ।
सातौँ अधिवेशनको पहिलो बैठक सभामुख तुलाराम घर्तीमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाएका थिए भने दलका नेताहरूले शुभकामना सन्देश दिएर अनिश्चितकालका लागि स्थगित गरिएको छ । बैठक मंसिर महिनाभर बस्ने सम्भावना टरेको हो ।
एमाले महाधिवेशन तथा सरकारले विधेयक तयारीजस्ता कारण मंसिरभर बस्ने सम्भावना कम रहेको लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले रातोपाटीलाई बताए । उनले अब सम्भवतः पुसको पहिलो हप्तातिर बस्ने बताए ।
त्यसो त मंसिर ८ गते बस्दा पनि एमाले राष्ट्रिय प्रनितिधि छनोटका लागि नेताहरू जिल्लामा जानुपर्ने भएकाले केही समयपछि गर्ने भन्ने संसद्को कार्य व्यवस्था समितिको बैठकमा छलफल भएको थियो ।
कांग्रेस प्रमुख सचेतक जमुना ढकालले पनि कार्य व्यवस्था परार्मस समितिमा सुरुमा प्रतिनिधि छनोटका लागि एमालेका सांसदहरू जिल्लामा हुने र बैठक केही दिन पर सार्ने विषयमा छलफल भएको रातोपाटीलाई बताइन् । एमाले प्रमुख सचेतक तुलसी चौधरीले विभिन्न कारण देखाए । 'अब बिचमा बैठक बस्यो भने मंसिर २१, २२ गतेतिर होला नत्र पुसमा,' उनले भने ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दिनेश पन्थीले सरकारले यसबिच विभिन्न विधेयक तयारी गरिरहेको रातोपाटीलाई जानकारी दिए । यही हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको पन्थीले बताए । अन्य विधेयकमा पनि मन्त्रलायहरूले काम गरिरहेका उनको भनाइ थियो ।
लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात् वर्षे अधिवेशन अन्त्य भएको थियो । त्यसपछि बल्ल मंसिर ८ गते एक दिन बैठक बसेर अन्य भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण