सामसङ नेपालको एनपीएल अफरः टेलिभिजनमा आकर्षक छुट र एक्सचेन्ज बोनस
काठमाडौँ । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई मध्यनजर गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा विशेष योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले ३३ प्रतिशतसम्म क्यासब्याक र ७ सात हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने जनाइएको छ । यो अफर नोभेम्बर २१ देखि डिसेम्बर ३१ सम्म देशभरका सामसङका अधिकृत बिक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ ।
यस योजनामा प्रिमियम क्यूएलईडी टेलिभिजनदेखि एचडी टेलिभिजनसम्मका मोडेलहरू समावेश छन् । क्यूएलईडी टेलिभिजनको ५५ इन्चदेखि ८५ इन्चका मोडेलहरूमा १९ प्रतिशतसम्म छुट र ७ सात हजारसम्म एक्सचेन्ज बोनस उपलब्ध गराइएको छ । त्यस्तै यूएचडी टेलिभिजनको ४३ इन्चदेखि ८५ इन्चका मोडेलहरूमा २१ प्रतिशतसम्म छुट र ४ हजारसम्म एक्सचेन्ज बोनस पाइनेछ । एफएचडी ४३ इन्च टेलिभिजनमा ३३ प्रतिशतसम्म र एचडी ३२ इन्च टेलिभिजनमा २१ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सामसङ नेपालले जनाएको छ ।
सामसङका टेलिभिजनहरूले ८५ इन्चसम्मका ठुला स्क्रिन, अत्याधुनिक पिक्चर गुणस्तर र उन्नत स्मार्ट फिचरहरूसहित प्रत्येक खेललाई उत्कृष्ट स्पष्टताका साथ हेर्ने सुविधा प्रदान गरेको जनाएको छ ।
सामसङले आफ्ना टी, ए, बी, सी, डी, र एफ सिरिजका टेलिभिजनहरूमा ३ वर्षको पूर्ण वारेन्टी दिएको पनि उल्लेख गरेको छ । ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ० प्रतिशत ब्याजदरमा सजिला किस्ता विकल्पहरूसहित होम अप्लायन्स खरिद गर्न सक्छन्, जसका लागि केवल नागरिकता आवश्यक पर्छ ।
साथै, पुराना उपकरणहरू आर्कोस्टोर वा अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै एक्सचेन्ज गर्न सकिने सुविधा पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण