४६० केजी गाँजा बरामद
मङ्गलबार, १६ मङ्सिर २०८२, २३ : ३८
सारांश
- सुनसरीको इनरुवामा प्रहरीले ४६० केजी गाँजासहित स्कारपियो गाडी बरामद गर्यो।
- प्रवक्ताका अनुसार, १६ बोरामा लुकाएर राखिएको गाँजा फेला परेको हो।
- गाडी रोक्न खोज्दा चालक फरार भएपछि, प्रहरीले गाडी नियन्त्रणमा लियो र अनुसन्धान सुरु गर्यो।
सुनसरी। सुनसरीको इनरुवा नगरपालिका–९, पोखरीचोक नजिकैबाट प्रहरीले ४६० केजी गाँजासहित स्कारपियो गाडी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले बा ३ च ५५८५ नम्बरको स्कारपियोमा राखिएको १६ बोराबाट ४६० केजी गाँजा बरामद गरिएको हो ।
मंगलबार साँझ करिब ७ बजे इनरुवाबाट जाल्पापुरतर्फ जाँदै गर्दा नहरचोक नजिक रोक्न खोज्दा चालक गाडी छोडेर फरार भएपछि अस्थायी प्रहरी चौकी साम्बलाबाट खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले बताए ।
सो विषयमा अनुसन्धान भइरहेको र फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण