हेटौँडाको सडक विस्तार हुनुपर्छ : सुदन गुरुङ
सारांश
- हेटौँडाको सडक विस्तारमा स्थानीय व्यवसायी र घरधनीको विरोधका कारण विवाद सुरु भएको छ।
- सर्वोच्च अदालतको फैसलापछि सडक डिभिजनले काम अघि बढाउने निर्णय गरेको छ र ३५ दिने सूचना जारी गरेको छ।
- जेनजी अगुवा सुदन गुरुङले विकास निर्माणमा अवरोध नगर्न आग्रह गर्दै प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेका छन्।
काठमाडौँ । लामो समयदेखि अवरोध रहेको बागमती प्रदेशको राजधानी हेटौँडाको सडक विस्तारमा विवाद हुन थालेपछि जेनजीहरु पनि चासो देखाउन थालेका छन् । सडक विस्तारको विरुद्धमा हेटौँडाका मेन रोडका व्यवसायी र घरधनीले विरोध गरेपछि जेनजी अगुवा सुदन गुरुङले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको जगमा सुरु भएको विकास निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘धेरै लामो समयदेखि केही तत्त्वहरूले अवरोध गरिरहँदा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौँडा नगर क्षेत्रको सडक विस्तार हुन सकेको थिएन । तर, सम्माननीय सर्वोच्च अदालतको मिति २०८० पुस १७ को ऐतिहासिक फैसलाले स्पष्ट मार्गदर्शन दिएको छ ।’
विगतमा विभिन्न शक्ति केन्द्रको प्रभाव, राजनीतिक दबाब र स्थानीय अवरोधका कारण सडक विस्तार कार्य पटक–पटक रोकिँदै आएको थियो । गुरुङले आफ्नो अपिलमा भनेका छन् ‘यो पटक सीमित व्यक्तिहरूको त्रास, प्रभाव र दबाबको भुमरीमा नपरी, यो कानुनी ढङ्गले अघि बढेको सडक विस्तार कार्यलाई सफल बनाउने सङ्कल्पका साथ हामी सम्पूर्ण हेटौँडा नगरवासीहरूमाझ हार्दिक अनुरोध गर्छौँ ।’
उनले आफूहरू मकवानपुरका प्रादेशिक प्रमुख र सम्पूर्ण जेनजी टोलीसहित परियोजना सफल बनाउन प्रदेशदेखि केन्द्र सरकारसम्म नजिकबाट समन्वय र निगरानीमा रहेको समेत स्पष्ट पारेका छन् ।
के हो हेटौँडा सडक विस्तार विवाद?
हेटौँडाको मुख्य बजार क्षेत्र (रातोमाटेदेखि चौकीटोलसम्म) मा सडकको दायाँ–बायाँ २५/२५ गज विस्तार गर्ने योजना साढे दुई दशकदेखि अलपत्र थियो । स्थानीय घरधनी र व्यवसायीहरूले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै विस्तार कार्यमा अवरोध सिर्जना गर्दै आएका थिए ।
यद्यपि २०८० पुस १७ गते सर्वोच्च अदालतले सडक विस्तारको विपक्षमा परेका रिटहरू खारेज गरिदिएपछि सडक डिभिजन कार्यालय हेटौँडालाई काम अघि बढाउने बाटो खुलेको हो । अदालतले सडक सीमा मिचेर बनाइएका संरचनाहरू हटाउन र राजमार्गलाई फराकिलो बनाउन स्पष्ट आदेश दिएको थियो । सोही फैसलाको कार्यान्वयन स्वरूप सडक डिभिजन कार्यालय हेटौँडा ३५ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएको छ। प्रशासनले पनि यसपटक कुनै पनि बहानामा काम नरोकिने सङ्केत दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण