शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेशसभा बैठक सुरु

बुधबार, १७ मङ्सिर २०८२, १४ : ३४
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • मधेस प्रदेशसभा बैठक सुरु भयो, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी छ।
  • सत्तापक्षका सांसद उपस्थित नभएपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो।
  • सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।

जनकपुर । मधेस प्रदेशसभा बैठक सुचारु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो । 

बुधबार बिहान साढे ८ बजेका लागि आह्वान गरिएको बैठक १० बजेसम्म पनि सत्तापक्षका सांसद उपस्थित नभएपछि २ बजेसम्मका स्थगित भएको थियो ।

मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि प्रदेशसभा बैठक बोलाइएको थियो । 

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बताएका थिए ।  

बैठक सुरु हुने वित्तिक्कै ७ दलका सांसद भने बाहिरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप