वीरगन्जमा मुख्यमन्त्री यादवको पुतला दहन
सारांश
- मुख्यमन्त्री सरोजकुमार यादवले मदरसा शिक्षा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएपछि वीरगन्जमा विरोध प्रदर्शन भयो।
- सर्वोच्च अदालतको आदेश विपरीत मुख्यमन्त्री यादवले ६ बुँदे निर्णय गरेपछि विवाद चर्किएको हो।
- यसअघि लालबाबु राउतको कार्यकालमा पनि मदरसा शिक्षा विधेयकको प्रयास भएको थियो, तर विरोधपछि स्थगित गरियो।
पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मदरसा शिक्षा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएपछि वीरगन्जमा विरोध प्रदर्शन भएको छ । उक्त निर्णयविरुद्ध वीरगन्जमा मुख्यमन्त्री यादवको पुतला दहन गरिएको हो ।
सर्वोच्च अदालतको आदेश विपरीत मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री यादवले ६ बुँदे निर्णय गरेका थिए । बैठकले शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशलाई मदरसा शिक्षा सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
यसअघि लालबाबु राउतको कार्यकालमा पनि मदरसा शिक्षा विधेयकलाई अघि बढाउने प्रयास भएको थियो । तर तीव्र विरोधपछि त्यसबेला विधेयक स्थगित गरिएको थियो । मुख्यमन्त्री यादवले पुनः उक्त विधेयकलाई अघि बढाउने सङ्केत गरेपछि मधेसमा विवाद चर्किएको हो ।
प्रदर्शनकारीहरूले अदालतको आदेश र प्रदेशको संवेदनशीलता विपरीत विधेयक ल्याउन खोजिएको भन्दै कडा विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण