१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
बुधबार, १७ मङ्सिर २०८२, १६ : ५३
सारांश
- ऊर्जामन्त्री कुलमान घिसिङले १० वर्षपछि जनताले निःशुल्क बिजुली बाल्न पाउने बताए ।
- नेपालमा ऊर्जाको विकास भइरहेको र आगामी १० वर्षदेखि विभिन्न आयोजना सरकारको स्वामित्वमा आउने बताए ।
- लक्जम्बर्गको उदाहरण दिँदै उनले नेपालमा पनि यस्तो सम्भावना रहेको उल्लेख गरे ।
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले १० वर्षपछि जनताले निःशुल्क बिजुली बाल्न पाउने बताएका छन् । नेपालमा ऊर्जाको विकास भइरहेको र आगामी १० वर्षदेखि विभिन्न आयोजना सरकारको स्वामित्वमा आउने भन्दै त्यसपछि जनताले बिजुलीको पैसा तिर्नुपर्ने अवस्था नरहने उनले बताए ।
लक्जम्बर्गको उदाहरण दिँदै उनले त्यहाँ टुरिजमको भरमा सबै जनताले शिक्षा, स्वास्थ्य लगायतका सुविधा निःशुल्क रूपमा पाउने गरेको भन्दै नेपालसँग रहेका स्रोत साधनको प्रयोग गरेर यहाँ पनि यस्तो सम्भावना रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण