एमाले नेताहरूले गरे महाधिवेशन उद्घाटनस्थलको निरीक्षण
भक्तपुर । नेकपा (एमाले) को मंसिर २७ गतेबाट सुरु हुने ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थलको बुधबार पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरुद्धारा अनुगमन एवं निरीक्षण गरिएको छ ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफल रहेको चौरमा बुधबार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीद्वारा अनुगमन एवं निरीक्षण गरेका हुन् ।
उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, नेता बिनाेद श्रेष्ठ, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङलगायतका नेताहरूले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् ।
उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख जना अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौरमा भरिभराउ हुने बताए ।
उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिँदै महाधिवेशनका लागि गठन भएका विभिन्न समितिले तीव्र रूपमा कार्य गरिरहेको जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा करिब दुई हजार ५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको र उद्घाटन सत्रमा देशभरबाट १ लाख ५० हजारभन्दा बढी कार्यकर्ताको सहभागिता रहने भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण