यःमरि पुन्हि : कृषि उत्पादनको सम्मान गर्ने मौलिक पर्व
सारांश
- योमरी पुन्ही, नेपाल संवतको दोस्रो चाड नेवार समुदायले मनाउँछन्, जुन धान भित्र्याएपछि मनाइन्छ।
- यःमरि, नयाँ धानको चामलबाट बनाइने परिकार हो, जसलाई नेवार समुदायले सांस्कृतिक पहिचानका रूपमा लिन्छन्।
- यस पर्वमा अन्नकी देवी अन्नपूर्णा, धनका देवता कुबेर, र पूर्वजहरूलाई यःमरि चढाइन्छ, जसले समृद्धि र आत्मशुद्धिलाई जनाउँछ।
सकिमाङा पुन्हि सकेपछि नेवार समुदायले नेपाल संवतको दोस्रो चाडका रूपमा यःमरि पुन्हि मनाउँछन् । नेवार समुदायले परम्परादेखि मान्दै आएका हरेक चाडपर्व विज्ञान र प्रकृतिमैत्री छन् ।
असार साउनमा रोपिएको धान मङ्सिर महिनामा काटेर भित्र्याएपछि नयाँ धानको चामलको पिठोबाट पहिलो परिकारका रूपमा बाफमा पकाएर यःमरि खाने गरिन्छ । यःमरि/योमारी परम्परागत नेवार परिकार हो ।
यसलाई खासगरी यःमरि पुन्हि पर्वमा बनाउने तथा खाने गरिन्छ । दुई अक्षर मिलेर बनेको यःमरिमा ‘य’ वा ‘यो’ को अर्थ मनपर्ने तथा ‘मरी’ वा ‘मारी’ को अर्थ रोटी हो । यसरी मनपर्ने र मिठो रोटीलाई नेवार भाषामा यःमरि/योमरी भन्ने गरिन्छ । यःमरि काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्त्वपूर्ण सांस्कृतिक पहिचान पनि हो । यसको ठुलो सांस्कृतिक महत्त्व छ ।
यो परिकार तयार गरिने यःमरि पुन्हि अर्थात् पौष शुक्ल पूर्णिमा नेवार समुदायको प्रमुख पर्व हो । यस दिनले उक्त वर्षको धान भित्र्याउने समय समाप्त भएको जनाउ दिन्छ ।
_DrHOgQ5yGE.jpg)
मानिसले अन्नकी देवी अन्नपूर्णा, धनको देवता कुबेर, मृत्युको राजा यमराज तथा आफ्ना पूर्वजहरूलाई यःमरि चढाउने गर्छन् । नेवार समाजमा यसलाई समृद्धि, धन, आत्मशुद्धिसँग जोडेर मनाइन्छ ।
यःमरि केवल एउटा परिकार मात्र नभएर नेवार सभ्यता, कृषि संस्कार तथा धार्मिक आस्थासँग जोडिएको प्रतीकात्मक पहिचान पनि हो । यसको ऐतिहासिकता निकै रोचक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ ।
पौराणिक कथा तथा यःमरिको उत्पत्तिबारे नेवारहरूको परम्परागत कथा अनुसार छैटौँ/सातौँ शताब्दीतिर लिच्छवि कालिन राजा अंशुवर्माको समयदेखि यो चलन सुरु भएको मानिन्छ । नयाँ सांस्कृतिक परम्परा, भोजन र विश्वाससँग गहिरोगरि जोडिएको यो पर्व नेवार समुदायको सांस्कृतिक पहिचानको प्रतीक हो ।
_HtRVd0T7Vl.jpg)
यःमरिका केही पौराणिक सम्बन्ध पनि छन् । एउटा किंवदन्ती अनुसार भक्तपुरमा बस्ने किसानको परिवारका दम्पतीमध्ये सूवर्णस्वर्ण नामका मानिसले पहिलोपटक यःमरि बनाएका हुन् । मङ्सिरमा धान काटेर नयाँ अन्नका रूपमा भित्राएपछि उनले देवताहरूलाई धन्यवाद दिन केही नयाँ परिकार बनाउने सोच गरे ।
त्यसका लागि उनले चामलको पिठो, चाकु र तिल मिसाएर नयाँ आकारको रोटी बनाएर देवतालाई अर्पण गरे । देवताहरू उनले चढाएको परिकारबाट खुसी भएर ‘यस परिकारलाई ‘या’ (रोटी) र ‘मरी’ (मिठो) भनियोस् तथा यसलाई पूजा र पर्वमा आदरसाथ तयार गरेर चढाइयोस्’ भन्ने वरदान दिए ।
_JBdB7uRiMg.jpg)
उनीहरूले वरदान दिएको दिनलाई कालान्तरमा ‘यःमरि पुन्हि’ नाम दिइयो । यसलाई ‘यमराजलाई अर्पण गरिएको मिठो रोटीको दिन’ भन्ने अर्थले पनि चिनाइन्छ ।
अर्को किंवदन्ती अनुसार काठमाडौँ उपत्यकाको एउटा गरिब दम्पतीले आफ्नो पहिलो अन्नको फसलमा यःमरि आविष्कार गरी छिमेकीलगायत देवताहरूलाई चढाएका थिए ।
धनका देवता प्रसन्न भएर त्यस खानालाई ‘आफ्नो मनपर्ने पवित्र रोटी’ घोषणा गरे । साथै रोटी चढाउने दम्पतीलाई धन र समृद्धिको आशीर्वाद दिए । जसका कारण यो पर्वमा यःमरि बनाउने चलन चलेको हो भन्ने मान्यता पनि पाइन्छ ।
सबैमा यःमरि पुन्हिको शुभकामना !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण