शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
किराँत समुदायले मनाए उधौली पर्व, तस्बिरहरू
फोटोफिचर

किराँत समुदायले मनाए उधौली पर्व, तस्बिरहरू

बिहीबार, १८ मङ्सिर २०८२

काठमाडौँ । किराँत समुदायले मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मान गर्दै बिहीबार उधौली पर्व हर्षोल्लासका साथ मनाएका छन्।

udhauli (1)

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गीहरू लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत पनि गर्दछ।

udhauli (2)

किराँत समुदायमा यो पर्वलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन्। यस दिन आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने प्रचलन छ।

udhauli (3)

यस पर्वको अवसरमा किराँत महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुगेका थिए। ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पनि पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान गरेर उधौली मनाइएको छ।

udhauli (4)

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा किराँत जातिमा यसलाई मनाइने विश्वास गरिन्छ।

udhauli (5)udhauli (6)udhauli (7)udhauli (8)udhauli (9)udhauli (10)udhauli (11)udhauli (12)udhauli (13)udhauli (14)udhauli (15)udhauli (16)udhauli (17)udhauli (18)udhauli (19)udhauli (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया