मधेस सरकारका निर्णयप्रति आपत्ति, सरुवा बदर गर्न माग
काठमाडौँ । सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोज यादवले गरेका विभिन्न नियुक्ति तथा कर्मचारी सरुवाप्रति नेपाल मधेसी निजामती कर्मचारी मञ्चले गम्भीर आपत्ति जनाएको छ ।
मञ्चले बिहीबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत गरिएका ती सरुवा तत्काल बदर गर्न माग गरेको छ ।
सर्वोच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म मधेस प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लाई कुनै पनि नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर, मञ्चका अनुसार उक्त आदेशको अवज्ञा गर्दै प्रदेश सरकारले राजनीतिक नियुक्ति, कर्मचारी नियुक्ति र सरुवाजस्ता कार्यहरू गरेको छ ।
मञ्चले मधेस सरकारको मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्रदेश निजामती सेवा ऐन, २०७७ तथा प्रदेश निजामती सेवा नियमावली, २०७९ को विपरीत दर्जनौँ कर्मचारीहरूको सरुवा गरेको आरोप लगाएको छ ।
प्रमुख सचिवको अनुपस्थितिमा आर्थिक प्रलोभनमा परी, अवधि नै नपुगेका कर्मचारीहरूलाई कानुनविपरीत सरुवा गरिएको भन्दै मञ्चले ती सरुवाहरू बदर गर्न माग गरेको हो । यस कार्यले निजामती प्रशासनको निष्पक्षता र व्यावसायिकतामाथि गम्भीर प्रश्न उठेको मञ्चको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण