अरिजीत बने स्पोटिफाईमा विश्वकै सर्वाधिक फलो गरिने कलाकार
काठमाडौँ । भारतीय संगीत क्षेत्रमा गायक अरिजीत सिंहले आफ्नो प्रभुत्व एकपटक फेरि कायम गरेका छन् ।
स्पोटिफाई र्याप्ड २०२५ मा लगातार सातौँ वर्ष भारतका सबैभन्दा बढी स्ट्रिम गरिएका कलाकारका रूपमा उनी शीर्ष स्थानमा रहन सफल भएका छन् । यसपटक उनले स्पोटिफाईको ग्लोबल शीर्ष १० सूचीमा पनि स्थान बनाएका छन्, जुन कुनै पनि भारतीय प्लेब्याक गायकका लागि एक ऐतिहासिक उपलब्धि हो ।
लगातार सात वर्षदेखि अरिजीत सिंह स्पोटिफाईमा भारतका सबैभन्दा बढी स्ट्रिम गरिएका कलाकार बनेका छन् । उनको यो निरन्तर उपस्थिति बलिउड प्लेब्याक संगीतको सदाबहार लोकप्रियताको प्रमाण हो । विश्वभरका शीर्ष १० कलाकारहरूमा अरिजीतको विश्वव्यापी पहिचानले उनको संगीतको पहुँच भारतको सिमानाभन्दा बाहिर पनि व्यापक रहेको देखाउँछ ।
अरिजीत स्पोटिफाईमा १५१ मिलियन फलोअर्ससहित सबैभन्दा धेरै फलो गरिने कलाकार बनेका छन् । यस सफलतासँगै उनले टेलर स्विफ्ट, एड शीरन, बिली आइलीश र द वीकन्डजस्ता विश्वप्रसिद्ध स्टारहरूलाई पनि पछाडि पारेका छन् ।
अरिजीतले सन् २००५ मा 'फेम गुरुकुल' नामक एक संगीत रियालिटी शोबाट आफ्नो यात्रा सुरु गरेका थिए। उनलाई सन् २०१३ मा 'आशिकी २' को गीत ‘तुम ही हो’ बाट ठुलो सफलता मिल्यो । त्यसपछि उनले बलिउडलाई धेरै हिट गीतहरू दिएका छन्, जुन युवाहरूको जिब्रोमा सधैँ झुन्डिरहेका छन् ।
यो सूचीमा अरिजीतबाहेक अन्य भारतीय कलाकारहरू ए आर रहमान, प्रीतम र नेहा कक्कडले पनि स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण