बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरण
गलकोट । बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी एक मतदानस्थल थप गरिएको छ भने दुई मतदानस्थल स्थानान्तरण गरिएका छन् । सहज र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न एउटा मतदानस्थल थपिएको छ भने दुईवटा मतदानस्थल सारिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिए ।
मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछाडिएका बस्तीमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थपिएको तथा मतदानस्थल सारिएको उनको भनाइ थियो । थपिएको मतदानस्थलमा गलकोट नगरपालिका–११ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई मतदानस्थलका रुपमा थप गर्न सिफारिस गरिएको छ । रिघामा हाल रहेका दुई हजार ८०० मतदातामध्ये एक हजार १९० मतदातालाई मनेवा आविमा ल्याएर मतदानस्थलका रुपमा कायम गरिएको प्रमुख रिजालले बताए ।
यस्तै बागलुङ नगरपालिकाको एक मतदान स्थल र बडिगाड गाउँपालिकाको एक मतदानस्थललाई पूर्वाधारको अभाव तथा भौगोलिक चुनौतीका कारण स्थानान्तरण गरिएको छ । बागलुङ नगरपालिका–८ सिगानाको मतदानस्थल र बडिगाड गाउँपालिका–१० को मतदानस्थललाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ ।
बागलुङ नगरपालिका–८ सिगाना वडा कार्यालयको मतदान केन्द्रलाई सिगाना स्वास्थ्यचौकीमा सारिएको छ । वडा कार्यालयमा मतदानस्थल साँघुरो भएकाले सारिएको हो । यस्तै बडिगाड गाउँपालिका–१० साबिकको वडा कार्यालयमा भएको मतदानस्थल रनामस्थित नयाँ वडा कार्यालयमा सारिएको प्रमुख रिजालले बताए ।
यसअघिको निर्वाचनमा जिल्लामाम १०६ मतदातस्थल रहेका थिए । गत निर्वाचनमा २३१ मतदान केन्द्र थिए । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो ।
बागलुङ जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ मतदाता रहेकामा अहिले पाँच हजार ९९३ मतदाता थपिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण