'पीआर' नेपालसँगै हङकङ र पोर्चुगलमा पनि प्रदर्शन हुने
सारांश
- शोभित बस्नेत निर्देशित फिल्म 'पीआर' मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- यो फिल्म नेपालसहित जापान, अस्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ र पोर्चुगलमा पनि प्रदर्शन हुनेछ।
- फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । शोभित बस्नेत निर्देशित फिल्म 'पीआर' मङ्सिर २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्म नेपालसँगै जापान, अस्ट्रेलिया, न्युजल्याण्डसँगै हङकङ र पोर्चुगलमा पनि प्रदर्शन हुनेछ ।
निर्माण पक्षले हङकङमा प्रदर्शन हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जारा र पोर्चुगल प्रदर्शन कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले गर्न लागेको जानकारी दियो ।
फिल्मका प्रस्तुतकर्ता रञ्जित साह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट) र सन्तोष तिवारी (क्यारियर्स गेटवे)का अनुसार पछिल्ला दिनमा विदेशबाट आएको माग निकै उच्च रहेको र यसले फिल्मको अन्तर्राष्ट्रिय आकर्षण बढेको छ ।
फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायललगायतको अभिनय छ । फिल्मको विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानी रहेको फिल्म बन्दे प्रसादले सम्पादन गरेका हुन् । फिल्मलाई दुई क्यामेरामेन सौरभ सायमी र सौरभ लामाले खिचेका हुन् भने फिल्मको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । फिल्मका गीतमा मानस राजको सङ्गीत छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको वितरण आर आर फिल्म्सले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण