काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो ।
लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा साविक विजेता जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफको होडबाट बाहिरिएका छन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध छैटौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले जेजे स्मिथलाई छैटौँ विकेटको रूपमा गुमाएको हो ।
स्मिथलाई जनकपुरका संगित कोरेले २१ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान निरोशन डिक्वेलालाई पाँचौँ विकेटको रूपमा गुमाएको हो ।
डिक्वेलालाई जनकपुरका सञ्जय कृष्णमुर्तीले १७ रनमा एलबीडब्लू आउट गराएका हुन् ।
काठमाडौँ । जनकपुर बोल्ट्सका मयान यादवले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान रोहित कुमार पौडेललाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध १० ओभरमा ७६ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १० ओभरमा दुई विकेट गुमाउँदै ७६ रन बनाएको हो ।
लुम्बिनीका लागि अहिले स्ट्राइकमा रहेका कप्तान रोहित कुमार पौडेलले ३१ रन बनाएर खेलिरहेका छन् भने निरोशन डिक्वयलाले ६ रन बनाएर खेलिरहेका छन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पहिलो ओभरको पहिलो बलमा नै सफलता हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सुमित महर्जनलाई पहिलो विकेटको रुपमा गुमाएको हो ।
काठमाडौँ । जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो ।
जनकपुरका लागि संगित कुरेले सर्वाधिक ४५ रनको योगदान गरे । उनले ३्८ बालमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै मयान यादवले २७ रन बनाउँदा आसिफ शेखले बलमा २० रन बनाए ।
काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमुर्तीलाई पाँचौँ विकेटको रूपमा गुमायो ।
सञ्जयलाई लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले १३औँ ओभरको दोस्रो बलमा १४ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १० ओभरमा ५७ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १० ओभरमा चार विकेट गुमाउँदै ५७ रन बनाएको हो ।
जनकपुरका लागि अहिले क्रिजमा संगित कोरेले ८ रन बनाएर खेलिराख्दा सञ्जय कृष्णमुर्तीले ३ रन बनाएर खेलिरहेका छन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सुवाश कंशकारलाई चौथो विकेटको रूपमा गुमाएको हो ।
सुवाशलाई शेर मल्लले ११ रनमा बोल्ड आउट गरेका हुन् ।