पनौतीमा आलु भित्र्याउने चटारो, तस्बिरहरू
सारांश
- काभ्रेको पनौती नगरपालिकाका किसानहरू यतिबेला आलु भित्र्याउन व्यस्त छन्।
- किसानहरूले वर्षमा दुई पटकसम्म आलु उत्पादन गर्ने गरेको बताइन्छ।
- नेपालले वार्षिक ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात गर्छ, तर उत्पादनले ११ महिनाको माग धान्छ।
काभ्रे । काभ्रेको पनौती नगरपालिका-९, सुन्थान क्षेत्रका किसानहरू यतिबेला आलु भित्र्याउन व्यस्त छन्।
_KpyEVVOwUD.jpg)
यस क्षेत्रका किसानहरूले धान रोप्ने र भित्र्याउने काम सकिएपछि असोजको पहिलो हप्तामा आलु रोप्न सुरु गरेका थिए र अहिले सोही आलु भित्र्याउने काम भइरहेको छ। सुन्थान क्षेत्रका किसानहरूले वर्षमा दुई पटकसम्म आलु उत्पादन गर्ने गरेको बताइन्छ।
_PH7DFndeDA.jpg)
नेपालमा आलुको उत्पादनले अझै पूर्ण रूपमा आत्मनिर्भरता हासिल गर्न सकेको छैन। पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा नेपालमा वार्षिक ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ।
_ETDAWmAAB8.jpg)
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ७ अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८७ हजार टन आलु आयात भएको थियो।
_mdANNCYfwE.jpg)
नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको तथ्याङ्क छ। यो उत्पादनले देशलाई करिब ११ महिनाका लागि आत्मनिर्भर बनाएको र बाँकी एक महिनाका लागि आयात गर्नुपर्ने अवस्था रहेको देखाउँछ।
_IzvpsF9YXo.jpg)
नेपालमा उत्पादित अधिकांश आलु घरेलु खपतमा प्रयोग हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबालीको रूपमा प्रयोग हुन्छ भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स र फिङ्गर चिप्स बनाउन आलुको प्रयोग हुने गरेको छ।
_wDEBNfftD4.jpg)
_mYYByI7Jb4.jpg)
_6PwTVBetvp.jpg)
_OgAbcgR1CF.jpg)
_uoJlk54FRh.jpg)
_9Ek0WCqjEX.jpg)
_WUyJXVQTp9.jpg)
_1tY48TPyCz.jpg)
_a2I7qAkwEK.jpg)
_01GMMfp76m.jpg)
_cM3pjPBogT.jpg)
तस्बिर : विजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण