देश जलाउनेलाई ‘नो’ भनौँ : प्रदीप ज्ञवाली
सारांश
- एमाले उपमहासचिव ज्ञवालीले एमाले महाधिवेशनको जनउपस्थिति संविधान र लोकतन्त्रको रक्षाका लागि निर्णायक हुने बताए।
- उनले मंसिर २७ गते भक्तपुर सल्लाघारीमा देश बनाउनेलाई हौसला र देश जलाउनेलाई 'नो' भन्न आग्रह गरे।
- ज्ञवालीले पार्टी कमजोर हुँदा अराजक शक्ति हावी हुने र २०६२ को जनप्रदर्शनको उदाहरण दिए।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मङ्सिर २७ को एमालेको महाधिवेशन उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्ने दाबी गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा नेता ज्ञवालीले १ दिनको उपस्थितिले खास अर्थ राख्छ भने किन उपस्थित नहुने ? भन्दै प्रश्न गर्दै भनेका छन्, ‘आउनुहोस्, मङ्सिर २७ गते दिउँसो भक्तपुर सल्लाघारी जाऔँ र देश बनाउनेलाई हौसला दिऔँ, देश जलाउनेलाई ‘नो’ भनौँ !’
उनले नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह पार्टी परिवारका लागि सबैभन्दा ठुलो उत्सव भएको भन्दै लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि पनि भएको बताएका छन् ।
‘राजनीतिक पार्टीहरू कमजोर या शिथिल हुँदा त्यस रिक्तताको ठाउँ अराजक शक्तिहरूले लिन खोज्छन् । पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउन खोज्छन्’, ज्ञवालीले लेखेका छन्, ‘जसरी २०६२ मङ्सिर ४ गते नेकपा (एमाले) ले बुटवलमा गरेको सशक्त जनप्रदर्शनले माघ १९ को शाही ‘कु’ पश्चात् उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको थियो, मङ्सिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण