रियल म्याड्रिड आफ्नै मैदानमा २-० ले पराजित, सेल्टा भिगोको शानदार जीत
सोमबार, २२ मङ्सिर २०८२, ०४ : ४४
सारांश
- रियल म्याड्रिड सेल्टा भिगोसँग २-० ले पराजित भयो, जुन घरेलु मैदानमा भएको खेलमा रियलका लागि निराशाजनक रह्यो।
- खेलको ५४औँ मिनेटमा विलियट स्वेडबर्गले पहिलो गोल गरे र पछि उनले नै दोस्रो गोल गर्दै सेल्टा भिगोलाई जित दिलाए।
- फ्रान गार्सिया र आल्भारो कारेरास रातो कार्ड पाएपछि रियल म्याड्रिड ९ खेलाडीमा सीमित भयो।
काठमाडौँ । ला लिगाको सोमबार सम्पन्न खेलमा स्पेनिस जायन्ट रियल म्याड्रिड सेल्टा भिगोसँग २-० ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा यो परिणाम रियल समर्थकका लागि निकै निराशाजनक बन्यो।
खेलको ५४औँ मिनेटमा विलियट स्वेडबर्गले पहिलो गोल गर्दै सेल्टालाई अग्रता दिलाए। रियल म्याड्रिड बराबरी खोज्दै दबाब बढाएको बेला अन्त्यतिर स्वेडबर्गले नै दोस्रो गोल गर्दै सेल्टा भिगोलाई शानदार जित दिलाए ।
रियल म्याड्रिड खेलभरि समस्यामा देखियो। फ्रान गार्सिया रातो कार्डसहित मैदानबाट बाहिरिएपछि टिम थप कमजोर बन्यो। इन्जुरी टाइममा आल्भारो कारेरासले पनि रातो कार्ड पाएपछि रियल म्याड्रिड ९ खेलाडीमा झरेको थियो।
जितसँगै सेल्टा भिगोले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण