काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष
सारांश
- कुश्मा नगरपालिकाका एक परिवारले आमाको काजकिरियाबाट विद्यालयमा अक्षयकोष स्थापना गरे ।
- विनोद पुरीका अनुसार, यो कोष आमाको समाजसेवाप्रतिको समर्पणलाई निरन्तरता दिन स्थापना गरियो ।
- कोषले आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नेछ।
पर्वत । यहाँको कुश्मा नगरपालिकास्थित एक परिवारले स्वर्गीय आमाको काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
स्थानीय युवा वर्ष प्राथमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको हो । परिवारका सदस्यहरूले समाजसेवामा आमाको झुकावलाई निरन्तरता दिने उद्देश्यले मृतकको तेह्रौँ पुण्य तिथिका अवसरमा कोषको स्थापना गरेको मृतकका छोरा विनोद पुरीले जानकारी दिए ।
स्व मातापिता देवेन्द्रकुमारी पुरी र करुणाराज पुरीको नाममा स्थापना गरिएको अक्षयकोषमा सुरुआती रूपमा रु एक लाख ५१ हजार ३२५ जम्मा गरिएको छ । परिवारका अनुसार स्व आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरिएको हो ।
कोषबाट असहाय, आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले जानकारी दिए ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नेपालीले समाजबाट प्राप्त यस्ता सहयोगले शैक्षिक गुणस्तर वृद्धि गर्न ठुलो योगदान पुग्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण