थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने
सारांश
- लुम्बिनीको प्रचारप्रसारका लागि वैशाखमा थाइल्यान्डमा 'लुम्बिनी-नेपाल मिनी म्याराथन' आयोजना हुनेछ।
- म्याराथनमा १० किलोमिटर र ५ किलोमिटर दौड समावेश गरिनेछ, जसमा थाइल्याण्डस्थित नेपाली दूतावासको सक्रियता रहनेछ।
- यस कार्यक्रमले लुम्बिनी, पर्यटन, परिकार र निर्यातयोग्य वस्तुहरूको प्रचार गरी नेपाललाई चिनाउने लक्ष्य लिएको छ।
काठमाडौँ। विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको प्रचारप्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता थाइल्यान्डमा ‘लुम्बिनी–नेपाल मिनी म्याराथन’ आयोजना गरिने भएको छ।
थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार, गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिने यस प्रतियोगितामा १० किलोमिटर र पाँच किलोमिटर दौड समावेश गरिनेछ।
कार्यक्रमको तयारीका लागि नेपाली राजदूतावास थाइल्यान्डमा आइतबार सरोकारवाला सङ्घ संस्थाको सहभागितामा एक छलफल कार्यक्रम आयोजना गरिएको थियो। छलफलमा नेपाल एयरलाइन्स, गैर-आवासीय नेपाली सङ्घ-थाइल्यान्ड, थाई-नेपाल सङ्घ, थाई-नेपाल फ्रेन्डसिप एसोसिएसनसहित विभिन्न पेसामा संलग्न नेपाली उद्यमी र म्याराथन सञ्चालन गर्ने केही थाई नागरिकहरूको समेत उपस्थिति थियो।
कार्यक्रमका लागि थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षण तथा उपनियोग प्रमुख मोतीबहादुर श्रीशको संयोजकत्वमा नेपालसँग सम्बन्धित सबै सङ्घ-संस्थाका प्रतिनिधि सम्मिलित एक आयोजक समिति गठन गरिएको छ।
यस कार्यक्रमले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीका साथै नेपाली पर्यटन, परिकार, सांस्कृतिक र निर्यातयोग्य वस्तुहरूको प्रचारप्रसार गरी प्रभावकारी रूपमा नेपाल चिनाउने लक्ष्य राखिएको नेपाली दूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण