क्रिकेटर स्मृति र गायक पलाशको विवाह रद्द, सामाजिक सञ्जालमा दिए जानकारी
सारांश
- भारतीय क्रिकेटर स्मृति मन्धाना र गायक पलाश मुछालको विवाह रद्द भएको छ।
- विवाह नोभेम्बर २३ मा तय भएको थियो, तर मन्धानाका बुबालाई हृदयाघात भएपछि स्थगित गरियो।
- विवाह रद्द भएपछि फैलिएका अफवाहहरूका बीच, दुवैले सामाजिक सञ्जालमा जानकारी दिए।
नयाँ दिल्ली । भारतीय महिला क्रिकेटर स्मृति मन्धाना र गायक पलाश मुछालको विवाह रद्द भएको छ। उनीहरू दुवैले इन्स्टाग्राममा स्टोरीमार्फत यसबारे जानकारी दिएका हुन्।
उनीहरूको विवाह नोभेम्बर २३ मा हुने तय भएको थियो। सङ्गीतदेखि हल्दीसम्मका कार्यक्रम भइसकेका थिए र जन्तीको तयारी चलिरहेकै बेला नोभेम्बर २३ को बिहान स्मृति मन्धानाका बुबालाई हृदयाघात भएपछि विवाह स्थगित गरिएको थियो।
विवाह स्थगित भएपछि सामाजिक सञ्जालमा विभिन्न अफवाहहरू फैलिएका थिए। पलाशले स्मृतिलाई धोका दिएको र उनको नाम वेडिङ कोरियोग्राफरसँग जोडिएको दाबी गरिएको थियो। यसैबिच, मन्धानाले आफ्नो सामाजिक सञ्जाल खाताबाट विवाहसँग सम्बन्धित सबै तस्बिरहरू हटाएकी थिइन्।

यसबारेमा स्मृतिले पोस्ट लेख्दै भनेकी छन्, ‘पछिल्ला केही हप्तादेखि मेरो निजी जीवनलाई लिएर धेरै अड्कलबाजी भइरहेका छन्। त्यसैले मैले आफैँ यसबारे कुरा गर्नु आवश्यक ठानेँ। विवाह अब रद्द भएको छ।’ उनले यस विषयलाई यहीँ अन्त्य गरिदिन र दुवै परिवारको निजी जीवनको सम्मान गर्न अनुरोध गरेकी छन्।
यस्तै, पलाश मुछालले पनि इन्स्टा स्टोरीमा लेखेका छन्, ‘मैले आफ्नो जीवनमा अगाडि बढ्ने र निजी सम्बन्धबाट पछि हट्ने निर्णय गरेको छु। यो मेरो लागि धेरै कठिन अवस्था हो, विशेष गरी जब मानिसहरू बिना कुनै आधार फैलिएका अफवाहहरूमा यति सजिलै प्रतिक्रिया दिन्छन्।’ उनले आफूविरुद्ध झूटो र बदनाम गर्ने कुराहरू फैलाउनेहरू विरुद्ध कानुनी कारबाही गर्ने बताएका छन्।
स्मृति र पलाशको भेट सन् २०१९ मा मुम्बईमा एक साथीमार्फत भएको थियो। करिब पाँच वर्षको प्रेम सम्बन्धपछि उनीहरूले सन् २०२४ मा आफ्नो सम्बन्धबारे फ्यानहरूलाई जानकारी गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण