राजधानीको सिनामंगलमा असईद्वारा ६ महिने बालकको हत्या, भाग्दै गर्दा पक्राउ
सारांश
- काठमाडौँमा एक असईले ६ महिने छोराको हत्या गरेका छन्।
- हत्यापछि फरार भएका असईलाई नागढुङ्गाबाट पक्राउ गरिएको छ।
- असईले श्रीमतीलाई पनि धारिलो हतियारले हिर्काएका थिए, र उनी अस्पतालमा उपचाररत छिन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित ओम नगर मार्गमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नो ६ महिने छोराको हत्या गरेका छन् । आइतबार साँझ धारिलो हतियार प्रहार गरेर बच्चाको हत्या गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत असई पुष्कर कार्की फरार भएका थिए ।
भाग्दै गरेको अवस्थामा उनलाई चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
छोराको हत्यापछि उनले पत्नीलाई पनि टाउकोमा धारिलो हतियारले प्रहार गरेका थिए । हतियार प्रहारबाट घाइते भएकी पत्नीलाई छिमेकीहरुले सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अहिले उनलाई प्रहरी अस्पतालमा रिफर गरिएको छ ।
हत्यापछि पूर्वतर्फ चल्ने बस चढेर धादिङतर्फ जाँदै थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण