वैदेशिक रोजगारीमा हुनेका लागि रिलायन्स स्पिनिङ्गको आईपीओ खुल्यो
सारांश
- रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गरेको छ, जसअन्तर्गत १ लाख १५ हजार ५९६ कित्ता सेयर आवेदन दिन सकिनेछ।
- कम्पनीको प्रतिसेयर मूल्य ८२०.८० रुपैयाँ तोकिएको छ र न्यूनतम ५० कित्ताका लागि आवेदन दिन सकिनेछ, जसका लागि ४१ हजार ४० रुपैयाँ खर्च लाग्नेछ।
- आईपीओ छिटोमा मंसिर २५ गते बन्द हुनेछ भने अधिकतम पुस ७ गतेसम्म लम्बिनेछ, र आवेदकले सी-आस्वा सेवामार्फत आवेदन दिन सक्नेछन्।
काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशतले हुने १ लाख १५ हजार ५९६ कित्ता सेयरको लागि आवेदन खुला गरेको हो ।
अङ्कित मूल्य १०० रुपैयाँ रहेको उक्त कम्पनीको प्रतिसेयर अङ्कित मूल्य ७२०.८० रुपैयाँ प्रिमियम थप गरेर ८२०.८० पैसा रहेको छ। बुक बिल्डिङ्ग प्रक्रिया अनुसार निष्कासन गर्न लागिएको उक्त सेयरमा न्यूनतम ५० कित्ताको लागि आवेदन दिन सकिन्छ । यस अनुसार यस अनुसार आवेदकले न्यूनतम ४१ हजार ४० रुपैयाँ खर्च गरेर सेयर आवेदन गर्न सक्नेछन् । अधिकतम भने २० हजार कित्तासम्म आवेदन गर्न पाइन्छ ।
यसअघि कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । सो क्रममा कायम भएको ९१२ रुपैयाँको कटअफ मूल्य मूल्यमा १० प्रतिशत छुट दिएर प्रतिसेयर मूल्य सो बराबरको मूल्य निर्धारण भएको हो ।
निष्कासन बन्द छिटोमा मङ्सिर २५ गते हुनेछ भने अधिकतम पुस ७ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा जानेबाट पूर्ण आवेदन नपरेमा त्यसलाई समेत जोडेर सर्वसाधारणलाई वितरण हुनेछ । आवेदकले सी–आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्ने जनाइएको छ ।
उक्त कम्पनीको २०८१/८२ को तथ्याङ्क अनुसार प्रतिसेयर नेटवर्थ २५०.८० रुपैयाँ र प्रतिसेयर आम्दानी २७.६० रुपैयाँ रहेको छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण