काममा समयभन्दा चाँडो पुग्ने कर्मचारी बर्खास्त, अदालतले पनि रोजगारदाताकै पक्षमा फैसला गर्यो
सारांश
- स्पेनकी एक महिलालाई समयभन्दा अगाडि काममा पुग्ने बानीले गर्दा जागिरबाट निकालियो।
- महिला हरेक दिन काम सुरु हुने समयभन्दा पहिले आउने गर्थिन्, जसका कारण उनलाई चेतावनी दिइएको थियो।
- अदालतले पनि रोजगारदाताको पक्षमा फैसला गर्दै कर्मचारीको व्यवहारले सम्बन्धमा नकारात्मक असर पारेको ठहर गर्यो।
म्याड्रिड । काममा ढिलो पुग्नुलाई बर्खास्त गर्ने आधार मान्न सकिन्छ, तर समयभन्दा धेरै चाँडो पुग्नुलाई पनि रोजगारदाताहरूले गम्भीर समस्याको रूपमा लिन सक्छन् भन्ने कुरा स्पेनकी एक महिलाले अनुभव गरिन्।
पटकपटकको चेतावनीलाई बेवास्ता गरेर निर्धारित समयभन्दा निकै अगाडि काममा पुग्ने बानीका कारण उनलाई जागिरबाट निकालिएको थियो।
एलिकाटेमा रहेको एक डेलिभरी कम्पनीमा काम गर्ने ती युवतीको काम सुरु हुने समय बिहान ७:३० बजे तोकिएको थियो। तर, उनी हरेक दिन बिहान ६:४५ देखि ७:०० बजेको बिचमा कार्यस्थलमा पुग्थिन्। यसको मतलब उनले आफ्ना सहकर्मीहरू भन्दा चाँडै काम सुरु गर्थिन्, जुन उनका प्रबन्धकलाई मन परेको थिएन।
उनलाई २०२३ मा पहिलो पटक चाँडो आउने बानीका लागि सचेत गराएको थियो, तर व्यवस्थापनबाट दिइएका अप्रत्यक्ष चेतावनीहरूलाई बेवास्ता गर्दै उनले चाँडो आउन जारी राखिन्।
यो वर्षको सुरुमा, उनका मालिकले उनलाई ‘खराब आचरण’ को आरोप लगाउँदै बर्खास्त गर्ने निर्णय गरे। मालिकले तर्क गरे कि यति चाँडो आइपुग्दा कर्मचारीसँग गर्नका लागि कुनै काम हुँदैन र त्यसकारण उनले कम्पनीलाई कुनै योगदान गरिरहेकी छैनन्।
यद्यपि, कर्मचारीले यसलाई स्वीकार नगरी एलिकाटेको एक सामाजिक अदालतमा यो निर्णयलाई चुनौती दिइन्। ती युवतीलाई अचम्म लाग्ने गरी, अदालतले उनको रोजगारदाताकै पक्षमा फैसला गर्यो। अदालतले बारम्बार व्यवस्थापनको चेतावनीलाई बेवास्ता गरेर उनले कर्मचारी-रोजगारदाता सम्बन्धमा नकारात्मक असर पारेको तर्क गर्यो।
अदालतको फैसलामा भनिएको छ, ‘कामदारको आचरणले विश्वास र वफादारीको सम्बन्धमा असर पारेको छ, जुन निकै प्रभावित भएको छ, किनकि कम्पनीको चेतावनीका बाबजुद पनि उजुरीकर्ताले समयअगावै प्रवेश गर्न जिद्दी गरिन्।’
‘अन्ततः, कामदारलाई लगाइएका गलत व्यवहार, बेइमानी, विश्वासघात र अनाज्ञाकारिताको गम्भीर आरोप पुष्टि गर्न पर्याप्त आधार मानिन्छ, जसले रोजगार सम्बन्ध समाप्त गर्न जायज ठहर्याउँछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण