नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाको एकता टुङ्ग्याउने
सारांश
- नेकपाले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेशसम्मको एकता टुङ्ग्याउने भएको छ।
- पार्टीका नेताहरूलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइनेछ।
- पार्टीले भृकुटीमण्डपमा सभा गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइसकेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश सम्मको एकता टुङ्ग्याउने भएको छ ।
आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बागमती प्रदेश, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा तयारी बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी गराएका हुन् ।
‘पुस ५ गतेसम्म हामीले प्रदेश र जिल्लासम्म एकता टुङ्ग्याउने छौँ । कसैले पनि मनचित्त सानो बनाउनु पर्दैन । योग्यता, क्षमताको आधारमा नेताहरूलाई जिम्मेवारी दिने भन्नुभएकाे छ’, नेता हिमाल शर्माले भने ।
बैठकमा सहसंयोजक माधव नेपालले कुनै आग्रह–पूर्वाग्रह नराखी एकता प्रक्रियालाई टुङ्ग्याउने बताएको शर्माले जानकारी दिए । दुवै नेताले पछिल्लो राजनीतिक अवस्था, वामपन्थी घटकबिच एकताको आवश्यकताबारे ब्रिफिङ गरेका थिए ।
गत कात्तिक १९ गते भृकुटीमण्डपमा भएको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वामपन्थी घटक मिलेर नेकपा घोषणा गरेका थिए ।
सोही एकता घोषणा सभाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाल निर्वाचित भएको घोषणा गरिएको थियो । तर एक महिना बितिसक्दा समेत केन्द्रीय समिति गठन, नेताहरू कार्य विभाजन हुन सकेको छैन ।
यस्तै बैठकले बागमती, समन्वय सम्पर्क र विशेष प्रदेशको एकता सन्देश सभा पुस ५ गते निर्णय गरेको छ । तीन प्रदेश, जनवर्गीय सङ्गठन, पेसागत तथा जातीय मोर्चाबाट एक लाख मानिस उपस्थित हुने अनुमान गरिएको शर्माले बताए ।
नेकपाले त्यस दिन भृकुटीमण्डपमा सभा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति लिइसकेको छ ।
मंसिर १२ गते सुदूरपश्चिम प्रदेशबाट सुरु भएको एकता सन्देश सभा लुम्बिनी, गण्डकी, कोशी, मधेस, प्रवासमा सम्पन्न भइसकेको छ । मंसिर २७ गते कर्णालीमा सन्देश सभा गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण