बेलायत पुगे युक्रेनी राष्ट्रपति: प्रधानमन्त्री स्टार्मरले भने, ‘हामी युक्रेनको साथमा छौँ’
मङ्गलबार, २३ मङ्सिर २०८२, ०० : ४१
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बेलायती प्रधानमन्त्री, फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँग भेटवार्ता गरे।
- नेताहरूले युक्रेन शान्ति योजनाबारे छलफल गरे र प्रधानमन्त्री स्टार्मरले युक्रेनको साथ दिने बताए।
- जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि युरोप, युक्रेन र अमेरिकाको एकता आवश्यक रहेको बताए।
काठमाडाैँ । बेलायत पुगेका यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डाउनिंग स्ट्रिटमा बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँग भेटवार्ता गरेका छन्।
यी नेताहरूले फ्लोरिडामा युक्रेनी र अमेरिकी अधिकारीहरूबिच सम्पन्न वार्ताका क्रममा तयार भएको हालैको युक्रेन शान्ति योजनाबारे छलफल गरेका थिए।
प्रधानमन्त्री स्टार्मरले भने, ‘हामी युक्रेनको साथमा छौँ। यदि सीजफायर हुन्छ भने, त्यो दीर्घकालीन हुनुपर्छ।’
राष्ट्रपति जेलेन्स्कीले भने, ‘युक्रेनमा रुससँगको युद्ध अन्त्य गर्न वार्ताका बेला युरोप, युक्रेन र अमेरिकाबिच एकता आवश्यक छ। केही कामहरू हामी अमेरिकाको बिना गर्न सक्दैनौँ र केही कामहरू युरोपको बिना गर्न सक्दैनौँ। त्यसैले हामीले आवश्यक निर्णयहरू लिनुपर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण