फालिएका पत्रिकाबाट यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)
सारांश
- पोखराका महिलाहरूले पत्रपत्रिकाबाट पेन्सिल बनाउन थालेका छन्।
- कोइकाको आर्थिक सहयोगमा 'पेपर पेन्सिल' परियोजना सञ्चालन भइरहेको छ।
- वातावरणमैत्री पेन्सिलले फोहोर व्यवस्थापनमा सहयोग पुगेको छ।
काठमाडौँ । पत्रपत्रिका पढेपछि सामान्यतया हामी त्यसको पुन प्रयोग गर्दैनौँ । यसलाई काम नलाग्ने वस्तुको रूपमा लिइन्छ । पोखराका केही महिलाले भने पत्रपत्रिका उपयोग गरेर पेन्सिल बनाइरहेका छन् ।
यूएनडीपी र कोइकाको आर्थिक सहयोगमा पोख्रेली सिसा कलम नामको परियोजना अन्तर्गत 'पेपर पेन्सिल' परियोजना सञ्चालनमा ल्याइएको हो ।
_LDO8jkb8MF.jpg)
यो कामका लागि सुरुमा पत्रिका सङ्कलन गरिन्छ र आवश्यकता अनुसार काटिन्छ अनि गम लगाएर एक अर्कामा टाँसिन्छ । त्यसपछि लिड राखेर पत्रिकालाई मोडिन्छ । एकै पटक १०–१५ वटासम्म बनाउन सकिन्छ ।
_MWz5jjBXyA.jpg)
लिडसहित रोल गरेको पत्रिकालाई सुकाइन्छ र मेसिनमा राखेर कटिङ गरिन्छ । मेसिनबाट निस्किएको पेन्सिल सिधै घाममा सुकाउन मिल्दैन । सुरुमा छायामा सुकाएर मात्र घाममा राखिन्छ । यसरी सजिलैसँग पेपर पेन्सिल तयार हुन्छ ।
_ixYbmV0qPy.jpg)
उद्यमी शान्ति अधिकारीका अनुसार यो पेन्सिल वातावरणमैत्री रहेको छ । यसले गर्दा पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनमा टेवा पुगेको छ।
_ZW0ojsQ5Pj.jpg)
महानगरले स्थानीय उत्पादनलाई प्राथमिकता राखी उद्यमीलाई प्रोत्साहन दिने जस्ता योजना बनाउन सके युवाहरूलाई स्वदेशमै रोक्न सहयोग पुग्ने उनको भनाइ छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_al8wFoR9Za.jpg)
_Iy3mzrFv2W.jpg)
_8KtxIpE5Ia.jpg)
_MuHIPjaCto.jpg)
_lxvNc1x5dZ.jpg)
_q5wdDtpeRX.jpg)
_4CAS1qiXQW.jpg)
_T0kjYT63QJ.jpg)
_ciqW6qcsQv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण