ईश्वरको पक्षमा खुले एमालेका यी महिला नेतृ
सारांश
- एमाले महाधिवेशनमा महिला नेतृहरू ईश्वर पोखरेलको पक्षमा खुलेका छन्।
- उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका नेतृहरूले ओलीको नेतृत्व परिवर्तनको लागि पोखरेललाई साथ दिने घोषणा गरे।
- नेतृहरूले ओलीलाई नेतृत्वबाट सहजै निकास दिन र कार्यकर्तालाई विभाजित नगर्न आग्रह गरे।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेका छन् ।
पोखरेलको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे, केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सेना, शर्मिला कार्की,रचना खड्का र सरिता न्यौपाने लगायतका नेतृहरू पोखरेलको पक्षमा खुलेका हुन् ।
उनीहरुले महाधिवेशनमार्फत एमालेको नेतृत्व परिवर्तन गर्न र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा हिँडाउन ईश्वर पोखरेलको समूहलाई साथ दिने घोषणा गरेका हुन् ।
मंगलबार काठमाडौँको हार्दिक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा ती नेतृहरूले हालका अध्यक्ष केपी शर्मा ओली नेतृत्वबाट विश्राम लिनुपर्ने सुझाव दिए ।
‘हामी हाम्रो अध्यक्षलाई यो भन्दा बढी धक्का लागेको हेर्न चाहँदैनौँ, बिग्रेको इमेज हेर्न चाहँदैनौ’, नेतृ पाण्डेले भनिन्, ‘अब ओली कामरेड सहज हिसाबबाट नेतृत्वबाट पर बस्नुस् र निकास दिनुस् । कार्यकर्तालाई चिरा पर्ने काम नगर्नुस् ।’
आगामी महाधिवेशनमा पाेखरेलले अध्यक्ष पदमा लड्ने घाेषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण