फागुन २१ निर्वाचन : कांग्रेस सुर्खेतले केन्द्रमा पठायो सिफारिस सूची
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिले सुर्खेतका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न चाहनेहरूको नाम प्रदेश र केन्द्रमा पठाएको हो ।
सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम एकल सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ मा खड्काको नाममा सर्वसम्मत सहमति जुटेपछि एकल नाम सिफारिस गरिएको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले बताए।
यस्तै, सुर्खेत क्षेत्र नम्बर २ बाट भने उम्मेदवारका लागि ६ जना आकाङ्क्षीहरूको नाम सिफारिस भएको छ । जसमा निवर्तमान सांसद हृदयराम थानी, उपेन्द्रबहादुर थापाको नाम सिफारिस गरिएको छ।
सिफारिस सूचीमा कलम खत्री, नारायण कोइराला, भीष्म हमालको पनि नाम छ । महिलातर्फ बसन्ती बस्नेतको नाम सिफारिस गरिएको छ। जिल्लाबाट सिफारिस भएका नामहरूमध्येबाट केन्द्रले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण