काउन्डेको दुई गोलमा फ्रान्कफर्टमाथि बार्साको जित
बुधबार, २४ मङ्सिर २०८२, ०४ : ११
सारांश
- च्याम्पियन्स लिगमा बार्सिलोनाले आइन्ट्राक्ट फ्रान्कफर्टलाई २-१ गोलले पराजित गर्यो।
- बार्सिलोनाका डिफेन्डर जुलेस काउन्डेले दुई गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
- फ्रान्कफर्टका अनस्गार नाउफले सुरुवाती अग्रता दिलाए तापनि बार्सिलोनाले खेल जित्यो।
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज भएको खेलमा बार्सिलोनाले आइन्ट्राक्ट फ्रान्कफर्टलाई २-१ ले पराजित गरेको छ। खेलमा बार्सिलोनाका डिफेन्डर जुलेस काउन्डे निर्णायक नायक सावित भए । उनले दोस्रो हाफमा लगातार दुई गोल गर्दै टोलीलाई प्रभावशाली जीत दिलाए ।
खेलको २१ औँ मिनेटमाफ्रान्कफर्टका अनस्गार नाउफले गोल गर्दै अग्रता लिए पनि बार्साले दोस्रो हाफमा आफ्नो प्रभाव जमायो ।
५० औँ मिनेटमा काउन्डेले बराबरी गोल गरे र केही बेरमै ५३ औँ मिनेटमा अर्को गोल गर्दै टोलीलाई अगाडि पुर्याए । काउन्डेको उत्कृष्ट प्रदर्शनकै कारण बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक सुरक्षित गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण