एमाले महाधिवेशन विचार, दिशा र नेतृत्व निर्माणको निर्णायक मञ्च हो : सचिव भट्ट
काठमाडौँ । नेकपा (एमाले) का सचिव लेखराज भट्टले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन विचार, दिशा र नेतृत्व निर्माण गर्ने ऐतिहासिक तथा निर्णायक मञ्च रहेको स्पष्ट पारेका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भट्टले महाधिवेशन तयारीका सबै जिम्मेवारीहरू तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए। उनका अनुसार मञ्च, खाद्य तथा प्रचार व्यवस्थापन समितिहरूले आ–आफ्नो प्रगति विवरण पेस गरिसकेका छन् र तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।
खाद्य व्यवस्थापनको प्रमुख जिम्मेवारी सम्हालिरहेका सचिव भट्टले हजारौँ प्रतिनिधि तथा सहभागीहरूलाई सुव्यवस्थित सेवा–सुविधा उपलब्ध गराउने तयारी भइरहेको बताए ।
नेतृत्वप्रति आकाङ्क्षा तथा इच्छाहरू महाधिवेशनको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले यही प्रक्रियाबाट पार्टीको भावी दिशा र नेतृत्व तय हुने स्पष्ट पारे। उनले हालै सम्पन्न विधान महाधिवेशनले राष्ट्रका भावी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदका लागि केपी शर्मा ओलीलाई नै अनुमोदन गरिसकेको तथ्य स्मरण गराउँदै विचार र सिद्धान्तको आधारमा नेतृत्व चयन हुने बताए।
सचिव भट्टले देशले भोगेको जेनजी आन्दोलनको गम्भीर समीक्षा आवश्यक रहेको टिप्पणी गरे। ‘उद्देश्य, लक्ष्य बुझ्न आवश्यक छ, ऐतिहासिक रूपमा सही मूल्याङ्कन हुनुपर्छ,’ उनले भने।
अहिलेको चुनौतीपूर्ण परिस्थितिमा जोखिम उठाउन सक्ने, दृढ र स्पष्ट नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा ओलीले राष्ट्रहितमा ऐतिहासिक दृढता देखाएको र चुच्चे नक्सा सार्वजनिक गर्दै सशक्त अडान लिन सक्ने नेतृत्व ओली नै भएको उल्लेख गरे ।
उनले पार्टीभित्र पुस्तान्तरण क्रमशः अघि बढिरहेको जानकारी गराए। ’थ्री–इन–वान’ अवधारणाअनुसार युवा, प्रौढ र वरिष्ठ पुस्ताको सन्तुलित संयोजनमा सङ्गठन अघि बढेको बताउँदै उनले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व तथा ४० वर्षमुनिका युवाको अनिवार्य सहभागिता लाई सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गरे ।
पार्टीभित्र एकता, सहमति तथा स्वस्थ प्रतिस्पर्धाको आवश्यकता दोहोर्याउँदै उनले कतिपय ठाउँमा अस्वस्थ अवस्था देखिएको स्वीकार गरे ।
विचारलाई व्यवस्थित रूपमा अघि बढाउन नेतृत्वबाट सहमतिको प्रयास भइरहेको र सहमति असम्भव भए लोकतान्त्रिक तरिकाले निर्वाचनमार्फत निर्णय हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण