सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

भिरबाट खसेका एक पुरुषको उद्धार

बिहीबार, २५ मङ्सिर २०८२, ०० : २८
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • गोरखाको भिरबाट खसेका एक जनालाई सशस्त्र प्रहरीले उद्धार गर्यो।
  • विपद् व्यवस्थापन तालिममा रहेका प्रशिक्षार्थीले उनलाई नदीमा खसेको देखे।
  • उनलाई बेहोस अवस्थामा उद्धार गरी उपचारपछि घर पठाइयो।

काठमाडौँ। गोरखाको सहिद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट खसेका एक जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

सोही ठाउँ बस्ने ५१ वर्षीय दीपक तिवारी अन्दाजी ५० मिटर उचाइको भिरबाट आज त्रिशूली नदीमा खसेका थिए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन भइरहेको विपद् व्यवस्थापन तालिम प्रशिक्षार्थीहरूले ‘रिभर रन’ अभ्यासका क्रममा तिवारी नदीमा खसेको देख्नासाथ उद्धार गरेको सशस्त्र प्रहरी सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक प्रे मबहादुर तामाङको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले तिवारीलाई पानीभित्रबाट बेहोस अवस्थामा उद्धार गरेको थियो । उनको सशस्त्र प्रहरी बल नेपाल ट्रमा सेन्टर कुरिनटारमा उपचारपश्चात् घर पठाइएको थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप