न्याय क्षेत्रमा निष्पक्षता, स्वच्छता, पारदर्शिता जरुरी: प्रधानन्यायाधीश राउत
सारांश
- प्रधानन्यायाधीश राउतले न्याय क्षेत्रमा निष्पक्षता, स्वच्छता र पारदर्शिता आवश्यक रहेको बताए ।
- मानव अधिकार र न्याय एकअर्कासँग जोडिएको विषय भएको उनले उल्लेख गरे ।
- जेनजी आन्दोलनका क्रममा नौ लाख मिसिलहरू जलाइएको जानकारी दिए ।
जनकपुरधाम । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालत तथा न्याय क्षेत्रमा निष्पक्षता, स्वच्छता, पारदर्शिता जरुरी रहेको बताएका छन् ।
नेपाल बार एसोसिएसनको आयोजनामा जनकपुरधाममा सुरु भएको ५१ औँ कार्यकारिणी परिषद् बैठक तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीको बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उनले मानव अधिकार र न्याय एक अर्कासँग जोडिएको विषय भएकाले न्यायविनाको मानव अधिकारको कल्पना गर्न नसकिने बताए ।
प्रधानन्यायाधीश राउतले वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकारको रक्षा गर्नु चुनौतीपूर्ण कार्य भएको बताउँदै मानव अधिकारविना सुशासन तथा न्यायको कुरा गर्न नसकिने धारणा राखे । जेनजी आन्दोलनका क्रममा सर्वोच्च तथा अन्य अदालतका गरेर नौ लाख मिसिलहरू जलाइएको उनले जानकारी दिए । जसका कारण यसले न्याय क्षेत्रमा ठुलो क्षति पुगेको उनको भनाइ छ ।
महान्यायाधिवक्ता सविता बरालले मानव अधिकार सुनिश्चितता भएको खण्डमा मुलुकमा सुशासन स्थापित हुने र यसले न्याय निरूपणमा मद्दत पुग्ने बताइन् । उनले मानव अधिकारका लागि सुशासन पहिलो सर्त भएको बताउँदै यसका लागि न्याय क्षेत्रमा पारदर्शिता तथा जबाफदेही बन्न जरुरी रहेको बताए ।
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्राध्यापक डा विजयप्रसाद मिश्रले सुशासन तथा विधिको शासनविना मानव अधिकारको कल्पना गर्न नसकिने बताउँदै जेनजी पुस्ताको आन्दोलनको भावनालाई वैधानिकीकरण गर्न संविधान संशोधन जरुरी रहेको उल्लेख गरे ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले परम्परागत मूल्य र मान्यताले मानव अधिकारको रक्षा गर्न कठिन हुने बताए ।
भोलिसम्म चल्ने परिषद् बैठकमा ७७ जिल्लाका परिषद् सदस्यहरू, जिल्ला अध्यक्ष तथा सचिव गरेर करिब ५०० कानुन व्यवसायीको सहभागिता रहेको छ । भोलि जनकपुर घोषणापत्र जारी गरेर समापन गर्ने कार्यक्रम रहेको वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण