बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

हाइप्रोफाइललाई धम्की दिने प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस

बिहीबार, २५ मङ्सिर २०८२, ०८ : १७
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • अख्तियार प्रमुख प्रेम कुमार राईसहित १० जनालाई धम्की दिने प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ।
  • पाठक भारत हुँदै इन्डोनेसिया पुगेर फिलिपिन्समा लुकेर बसेको आशंका गरिएको छ, उनले सामाजिक सञ्जालमार्फत धम्की दिएका थिए।
  • प्रहरीले पाठकको 'कनेक्सन' मा देखिएका ३ जनालाई पक्राउ गरेको छ, र धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी बढाइएको छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाईललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ ।

काभ्रे घर भएका पाठक विरुद्ध प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएको प्रहरी एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

भारत हुँदै इन्डोनेसिया पुगेका पाठक अहिले फिलिपिन्समा लुकेर बसेको आशङ्का गरिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका छन् ।

आफूलाई उग्रबादी संगठनको अध्यक्ष बताउने पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । उनले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । डिफ्युजन नोटिस जारी गरेपछि आरोपीको लोकेसन पत्ता लगाउन इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनले सहकार्य गर्छन् ।  

मङ्सिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । 

प्रकाश पाठकसँग ‘कनेक्सन’मा देखिएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धिरेन्द्र सुनार छन् । उनीहरुलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

prakash pathak2

हाइप्रोफाइललाई धम्की दिने प्रकाश पाठक केही समय अघिदेखि परिवारको सम्पर्कमा नभएको थाहा भएको छ । उनी काभ्रे स्थित घरबाट ‘भारत जान्छु’ भनेर हिँडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘डाक्टर पढ्छु भनेर उनी घरबाट हिँडेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप