सीटीईभीटीको विशेष मौका परीक्षाको आवेदन आह्वान
सारांश
- सीटीईभीटीले विशेष मौका (आंशिक) परीक्षाको लागि आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ।
- परीक्षा २०८३ जेठमा काठमाडौं उपत्यकामा सञ्चालन हुनेछ, जसमा अनुत्तीर्ण विद्यार्थीहरू सहभागी हुन पाउनेछन्।
- २०७३/०७४ र २०७४/०७५ मा रजिस्ट्रेसन भएका डिप्लोमा र प्रि-डिप्लोमा तहका विद्यार्थीले आवेदन दिन सक्नेछन्।
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले विशेष मौका (आंशिक) परीक्षाको लागि आवेदन फाराम भर्नका लागि अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।
परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा अध्ययनरत केही विद्यार्थीहरूका लागि यो परीक्षा सञ्चालन गर्न लागिएको हो।
यो विशेष मौका परीक्षा २०८३ साल जेठ महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुनेछ। यसमा शैक्षिक सत्र २०७३/०७४ र २०७४/०७५ (सन् २०१६ र सन् २०१७) मा रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका प्रथम वर्ष प्रथम खण्ड, दोस्रो खण्ड, दोस्रो वर्ष प्रथम खण्ड, दोस्रो खण्ड, तेस्रो वर्ष प्रथम खण्ड र दोस्रो खण्डको अन्तिम परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन्।
त्यसैगरी, वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विभिन्न कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको अन्तिम परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन्।
प्रि-डिप्लोमा तहका हकमा भने शैक्षिक सत्र २०७५/०७६ र २०७६/०७७ (सन् २०१८ र सन् २०१९) मा रजिस्ट्रेसन कायम भई पाठ्यक्रमले निर्धारण गरेको समयावधिभित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई यो मौका दिइएको छ।
सम्बन्धित शिक्षण संस्थाहरूले अनिवार्य रूपमा विद्यार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई २०८२ माघ १५ गतेदेखि माघ २९ गतेसम्म नियमित दस्तुरमा आवेदन बुझाउनुपर्नेछ। विलम्ब दस्तुर तिरेर फाराम बुझाउनुपर्ने भएमा २०८२ साल फागुन १ गतेदेखि फागुन ७ गतेसम्म आईटीएमएस अनलाइन इन्ट्री गरी परिषद्का सम्बन्धित प्रदेश कार्यालयहरूमा बुझाउनुपर्नेछ। यो व्यवस्था परीक्षा समितिको २०८२ साल मंसिर १५ गतेको निर्णयानुसार लागू गरिएको हो। विस्तृत सूचना www.ctevtexam.org.np मा हेर्न सकिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण