परिपत्र अनुसार मात्रै उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि परिपत्र अनुसार उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ।
- पार्टीले तोकिएको मापदण्ड र सङ्ख्यामा उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई आग्रह गरेको छ।
- कांग्रेसले मंसिर १५ र १७ गते परिपत्र गर्दै उम्मेदवार सिफारिसका लागि मापदण्ड तोकेको थियो।
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि परिपत्रअनुसार मात्रै उम्मेदवार सिफारिस गर्न मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा पार्टीको परिपत्र अनुसार सिफारिस गर्न निर्देशन दिएका हुन् ।
‘तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ,’ मुख्यसचिव पौडेलले परिपत्रमा लेखेका छन् ।
कांग्रेसले मंसिर १५ र १७ गते परिपत्र गर्दै प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार सिफारिस पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको मापदण्ड तोकेको थियो ।
कांग्रेसले परिपत्रमा योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न निर्देशन दिइएको थियो ।
तर, पार्टीका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मापदण्डविपरीत उम्मेदवार सिफारिस गरेपछि बिहीबार तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्न ध्यानाकर्षण गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण