म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु
काठमाडाैँ । म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । म्यानमाको गृहयुद्ध सुरु भएदेखि जुन्टाले हवाई आक्रमण बढाएको द्वन्द्व पर्यवेक्षकहरूले बताएका छन् ।
सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरूले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने वाचा गरेका छन्, जसलाई जुन्टाले फिर्ता लिन लडिरहेको छ ।
एक सैन्य जेटले बुधबार साँझ बङ्गलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक–यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायता कर्मी वाई हुन आङले बताएका छन् ।
अवस्था निकै डरलाग्दो भएको बताउदै उनले ६८ जना घाइते भएकाले थप मानिसहरुको मृत्यु हुन सक्ने बताएका छन् । अस्पताल बाहिर जमिनमा कम्तीमा २० वटा शव देखिएको जनाइएको छ ।
जुन्टाका प्रवक्तालाई हाल सम्म सम्पर्क गर्न नसकिएको जनाइएको छ । राखाइन राज्य लगभग पूर्ण रूपमा अराकान आर्मी (एए) द्वारा नियन्त्रित छ भने एक जातीय अल्पसंख्यक समुह सेनाले लोकतान्त्रिक नेता आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गर्नुभन्दा अघि देखि सक्रिय छ ।
स्वास्थ्य विभागको विज्ञप्तिमा हवाई आक्रमणमा अस्पतालका १० जना बिरामीहरूको “घटनास्थलमै मृत्यु भएको जनाइएको छ । शक्तिशाली प्रतिद्वन्द्वी–ए. ए. म्यानमालाई ध्वस्त पार्ने गृहयुद्धमा सबैभन्दा शक्तिशाली विपक्षी समूहहरू मध्ये एकको रूपमा देखा परेको छ, भने अन्य जातीय अल्पसंख्यक लडाकुहरू र प्रजातन्त्र समर्थक पक्षपातीहरू पनि सक्रिय छन् ।
सेनाद्वारा सञ्चालित चुनावको संयुक्त राष्ट्र लगायतका पर्यवेक्षकहरूले व्यापक आलोचना गरेका भए पनि बेइजिङ आफ्नो छिमेकीमा “सामाजिक स्थिरता पुनस्र्थापना“ गर्नुपर्ने भन्दै प्रमुख समर्थकका रूपमा देखा परेको छ ।
द्वन्द्व पर्यवेक्षकहरूका अनुसार ए–एले जुन्टाका लागि शक्तिशाली विरोधी साबित भएको छ र अहिले राखाइनको १७ वटा बस्तीहरू नियन्त्रण गरेको छ । यस समूहलाई यस क्षेत्रका अधिकांश मुस्लिम रोहिंग्या जातीय अल्पसङ्ख्यकहरू माथि अत्याचार गरेको आरोप पनि लगाइएको छ ।
यसैबिच सेनाले राखाइनलाई अवरुद्ध गरेको छ, जसले मानवीय सङ्कट, भोकमरी र कुपोषणमा वृद्धि गरेको विश्व खाद्य कार्यक्रमले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण