हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म आधारभूत पारिश्रमिक दिने
काठमाडौँ । बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनःनिर्माण अवधीभरका लागि श्रमिकहरुको रोजगारीको विषय समाधानका लागि भनि एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने विषयमा सहमति भएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोड, आगजनी र लुटपाट भएपछि होटल हाल बन्द छ।
होटल पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी लागि सहमति गरेको जनाएको छ। 'आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ। पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था छैन,' होटल व्यवस्थापनले भनेको छ।
सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ र सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ। यसले कर्मचारीको रोजिरोटी तथा रोजगारीको सुरक्षा हुने होटलले जनाएको छ।
मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्नुहुने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ। सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको बताइएको छ। सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले स्पष्ट गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण