मकवानपुरबाट ४७० केजी गाँजा बरामद
बिहीबार, २५ मङ्सिर २०८२, १४ : ३४
काठमाडौँ । प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–३ स्थित पान्द्राङबाट ४७० केजी गाँजा बरामद गरेको छ ।
बिहीबार बिहान १ बजेतिर नामटारी बाट भैसेतर्फ आउँदै गरेको बोलेरो गाडीलाई पछ्याएर गाँजा बरामद गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
प्रहरीले पछ्याएपछि बा.१७ च ४२ नम्बरको बोलेरो पिकअपका चालक गाडी छाडेर फरार भएका थिए । पन्द्राङ स्थित ढुंगाखानी नजिकै चालक गाँजा लोड भएको गाडी छाडेर फरार भएका हुन् ।
१७ वटा बेरामा प्याक गरिएको गाँजा बरामद गरेर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको एसपी बोहराले बताए । फरार चालकलाई प्रहरीले खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण