जेनजी आन्दोलन र रुकुमको राजनीतिमा देखिएको ‘वर्गीय विरोधाभास’
रुकुम (पूर्व) ले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। तर, गौरवपूर्ण इतिहास बोकेको यही भूमि आज परम्परागत वामपन्थी दलहरूको सैद्धान्तिक विचलन, सत्ता–केन्द्रित मानसिकता र जनजीविकाका सवालमा देखिएको उदासीनताका कारण गहिरो निराशामा छ।
यो जिल्लामा युवाहरूलाई सिकाईँदै गरिएको राजनीतिक संस्कारले नव-युवाहरूको र समग्रमा जिल्लाकै भविष्यमाथि कुठाराघातको सङ्केत गरिरहेको छ। हिजो वर्ग सङ्घर्षका क्रममा बन्दुक बोकेकाहरू नै आज ‘लाइन सङ्घर्ष’ देखि ‘लाइन सङ्घर्ष’ मा सीमित हुँदै कम्युनिस्ट आन्दोलनलाई नै भ्रष्ट पारिरहेको दृश्य देख्दा दुःख लागेर आउँछ।
चुनावदेखि चुनावसम्म मात्रै प्रयोग भइराखेका उत्पीडित युवाहरू, सहिद परिवारका सदस्यहरू, बेपत्ता पारिएका योद्धाका परिवारहरू, घाइते योद्धाहरू तथा आमा-दिदीबहिनीहरू सबै सचेत हुन जरुरी छ। तपाईंहरूको टाउको गनेर नेता हुनेहरूले नै यो जिल्लाको शोषण गरिरहेका छन्।
त्यसैले, यो पटकको चुनावमा प्रश्न गर्नुहोला– जेनजी (नयाँ पुस्ताको) आन्दोलनका क्रममा जलेका ती सर्वहारा वर्गका नेताका घर कसले जलायो ? हामीले हिजो लडेर बनाएको सर्वहारा वर्गको पार्टीको कार्यालय कसले जलायो? हाम्रा नेताको घरको कोठाभित्र भेटिएको खरानी कसको थियो? यी सबै प्रश्न गर्नुहोला।
सायद, जवाफमा उनीहरूले ‘यो सब विदेशीको डिजाइनमा भएको हो’ भनेर टार्न सक्छन्। तर यथार्थमा– त्यो आगो लगाउनेहरू सुकुम्बासीहरू थिए, कवाड उठाउनेहरू थिए। जुन वर्गले हाम्रो कार्यालय र हाम्रो नेताको घर जोगाउन आउनुपर्ने थियो, त्यही वर्ग किन आगो लगाउन आयो? यी प्रश्नहरूको जवाफ रुकुमका जनताले खोज्नै पर्ने हुन्छ। फेरि झुक्याउनका लागि उनीहरूले अर्को जुक्ति लगाउँदै छन् रे ! रुकुमेली जनताहरू होसियार भइसकेको कुरा यो पटक सावित गर्नु छ।
सन्दीप पुनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण